नेपालीको आँखा देखाउन जापानी माचुदा २१औं पटक शिविरमा

0
56

जब मैले नेपालका बारेमा एउटा म्यागेजिनमा पढें त्यसपछि मलाई नेपाल कस्तो होला भन्ने थप जिज्ञाशा बढ्यो। त्यसैले म पहिलोपटक २५ वर्षअघि नेपाल घुम्ने उद्देश्यले एउटा ब्याकप्याक मात्र बोकेर आएको थिएँ।

नेपालका बारेमा सुनेको भन्दा भ्रमण गर्दा मैले धेरै राम्रो पाएँ।’ –जापानी समाजसेवी योजी माचुदा भन्नुहुन्छ।उहाँको पहिलो भ्रमणका बारेमा यसरी सुनाउनुहुन्छ– ‘नेपालको एयरपोर्टबाट बाहिर निस्कनासाथै गेस्टहाउसको मान्छेसँग भेट भयो।

अहिलेसम्म माचुदाको सहयोगमा धादिङ कल्लेरी, काठमाडौंको सेतीदेवी भञ्ज्याङ, काभ्रेको पातलेखेत, पाँचखाल, काठमाडौंकै साँखु, बुङमती, ककनी, काभ्रेको खनालथोक दाप्चा, दोलखाको खाडीचौर, काभ्रेको श्यामपाटी दाप्चा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा आँखा शिविर सञ्चालन भइसकेको छ । यो एउटा जापानी नागरिकले नेपाली जनतालाई लगाएको कहिल्यै बिर्सन नसकिने ठूलो गुन हो । नेपाल सरकारले त्यस्ता नागरिकको कदर गर्नुपर्छ तर अहिलेसम्म त्यस्तो केही गरेको पाइन्न ।

उसले मलाई गेस्टहाउसमा बस्न ५ डलर लाग्छ भन्यो। उसको व्यवहारबाट म खुसी भएँ र गेस्ट हाउसमा गएर बसें। हरेक नेपालीको हँसिलो मुहार, स्पष्ट र सहयोगी भावनाबाट म अत्यन्तै प्रभावित भएँ र यस्ता नेपालीका जीवनमा केही सहयोग पुर्याउने अठोट गरें।’‘मलाई नेपाल धेरै मनपर्छ त्यसैले २५ वर्षको अवधिमा म कहिले घुम्न त कहिले आँखा शिविर लिएर ६० पटक नेपाल आइसकें।

यो अवधिमा मैले नेपालीहरू इमानदार र अत्यन्तै मिलनसार भएको पाएँ।’ –माचुदा सुनाउँछन्। पहिलोपटक नेपाल आउँदा मोर्डन आर्ट म्युजियमको खोजी गर्ने क्रममा कमलपोखरीमा बाटो भुल्दा एक जना नेपाली युवाले उनलाई जापानी भाषा नै बोलेर त्यहाँसम्म पुर्याए।

त्यसपछि उलाई विश्वभाषा क्याम्पसमा लगेर जापानी भाषा सिक्ने साथीहरूसँग पनि भेटाए ती सबै नेपाली थिए। ‘हामी सबै सँगै बसेर चिया खायौं। यसै समयदेखि मैले नेपाली साथीहरू पाएँ।’ –याचुदा सुनाउनुहुन्छ।

‘म त्यतिबेला जापानको आइग्लास कम्पनीको अध्यक्ष भइसकेको थिएँ। मैले सोचें अब म नेपालीहरूको आँखा परीक्षण गरी चस्मा दिन्छु र आँखा कमजोर भएका बूढाबूढी र बच्चाहरूको सेवा गर्छु।

यही अठोट गरी वर्षमा एकपटक नेपालकै डाक्टरद्वारा निःशुल्करूपमा आँखा परीक्षण गरी चस्मा पनि निःशुल्क प्रदान गर्दै आएको छु। मेरो प्राथमिकतामा स्वास्थ्य केन्द्र जान नसक्ने ज्येष्ठ नागरिक र १५ वर्षमुनिका विद्यालय पढ्ने विद्यार्थीहरू परेका छन्। त्यसैले गाउँगाउँमा जान र सेवा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लाग्छ।’ –उहाँ भन्नुहुन्छ।

उमेरले आफै ६८ वर्ष भइसक्नुभएका माचुदाको शुरूदेखि अहिलेसम्मको छनोट गाउँको सरकारी विद्यालय नै रहेको छ। यही मंसिर ७ र ८ गते पनि उहाँले सिन्धुपाल्चोकको श्री इर्खु माध्यमिक विद्यालय छनोट गरी पाँच सयभन्दा बढी आँखाका बिरामीलाई निःशुल्करूपमा आँखा परीक्षण गरी आवश्यकताअनुसारको औषधी र चस्मा उपलब्ध गराउनुभयो।

उहाँ भन्नुहुन्छ– ‘आँखा नै संसार हो। हामीले आँखाले देखेर मनले कल्पन्छौं। आँखाको ज्योति नहुँदाको जीवन निकै कष्टकर हुन्छ, त्यसैले म हरेक वर्ष आफ्ना केही साथीलाई लिएर नेपाल आउँछु र सकेको सहयोग गरेर फर्कन्छु।

मलाई नेपाल आउँदा सबैले भोलेन्टियर्ली सहयोग गर्नुहुन्छ। अब म बूढो पनि भएँ त्यसैले यो वर्ष मेरो ४० वर्षका तोसिकी माचुदा छोरालाई पनि सँगै लिएर आएको छु। सायद मैले अबका दिनमा आँखा शिविर चलाउन सोच्नैपर्छ।’दुईदिने आँखा शिविरमा त्रिभुवन विश्वविद्यालय बीपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगन्जका चिकित्सकद्वय डा. सुमित पाण्डे र डा. सुमितकुमार मिश्रले आँखा परीक्षण गर्नुभएको थियो।

‘परीक्षणका क्रममा आएका बिरामीमध्ये ९० वर्षसम्मका ज्येष्ठ नागरिक पनि रहेका र सयभन्दा बढीमा मोतिया बिन्दुको समस्या देखियो। जटिल समस्या भएका बिरामीको शल्यक्रियाका लागि मंगलबार त्रिविमा चल्ने नियमित क्याम्पमा आएर उपचार गर्न सल्लाह दिएका छौं।’ –डा. पाण्डे भन्नुहुन्छ।

डा. पाण्डेका अनुसार शिविरमा परीक्षणका लागि आउँने बिरामीमा मोतियाबिन्दु, जलबिन्दु, धेरैजसो विद्यार्थीहरूमा एलर्जी र आँखा दुख्ने, पढ्ने बेलामा धमिलो हुने, आँखा रसाइरहने पाइयो। विद्यार्थीमा देखिएका यी समस्या आँखाको मासंपेशी कमजोर भएर हुने हुनाले आँखाको मासंपेशीको व्यायाम गर्नुपर्ने देखियो।

थप बिरामीमा आँखा दोष देखिएकाले चस्मा दिनुपर्यो। ‘स्वयंसेवी माचुदाले सबै बिरामीका लागि आवश्यक पर्ने चस्मा र औषधीको व्यवस्था गर्नुभएकाले बिरामीलाई निकै सहयोग पुगेको छ।’ –डा. पाण्डे भन्नुहुन्छ।आँखा शिविरमा इर्खु माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर दंगाल, व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्का, सहप्रधानाध्यापक यमनाथ दंगाल, शिक्षक नमराज कोइरालाका साथ विद्यालयका शिक्षक शिक्षिका तथा सहयोगीहरूले भोलेन्टियर्ली सहयोग गरेका थिए।

आँखा शिविरका संयोजक दिवाकर मास्के भन्नुहुन्छ– ‘आँखा परीक्षणका क्रममा चस्मा उपलब्ध गराउनुपर्ने बिरामीहरूका लागि फ्रेम माचुदाले जापानबाटै ल्याउनुभएको र आवश्यकताअनुसारको पावरको सिसा स्वयंसेवी रत्नकाजी र सानुकाजी मर्हजनले तयार पारी आउँदो शनिवार सिन्धुपाल्चोकको इर्खुमा लगि वितरण गर्ने कार्यक्रम रहेको छ।’

एकजना जापानी नागरिकको पहलमा जापानदेखि नेपाल आएर आँखा शिविर सञ्चालन गरी ग्रामीण भेगका ज्येष्ठ नागरिकका साथै विद्यार्थी तथा गुरुवर्गलाई समेत आँखा देखाउने महान् कार्य गरेकामा माचुदाका साथ आएका जापानी स्वयंसेवकलाई श्रीइर्खु मावि सिन्धुपाल्चोकका तर्फबाट कदरपत्रसहित सम्मान गरियो। साथै अन्य स्वयंसेवीलाई खादा ओढाएर सम्मान गरिएको थियो।

आँखा शिविर समापन कार्यक्रममा खादा र कदरपत्रद्वारा सम्मान गरिरहँदा माचुदाले विद्यालय परिवार, स्थानीय निकाय, स्वयंसेवी साथीका साथ सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आफूले सोचेजस्तै बिरामीको सेवा गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो। सोही अवसरमा प्रधानाध्यापक दंगालले मुख्य सहयोगी माचुदाको योगदानको प्रशंसा गर्दै गाउँका अशक्त बूढाबूढीले घरआँगनमै बसेर धेरै सुविधा पाएकामा आभार प्रकट गर्नुभयो।

माचुदा जापानीमात्र होइन, नेपालीहरूको समेत मन जितेर नेपालीहरूको आँखा उपचार सेवामा अनवरतरूपमा २५ वर्षदेखि जुट्नुभएको छ । आफूले सकुन्जेल आफैले सेवा गर्ने र नसक्ने भएपछि छोरालाई समेत सेवामा प्रेरित गराउने उद्देश्यले दुईपटक आँखा शिविरमा छोरालाई लिएर आइसक्नुभएको छ ।

आँखा शिविरमा स्वयंसेविका रूपमा फार्मेसिस, नर्स, प्राविधिक, शिक्षक, पत्रकार, व्यवसायीलगायत जापानी स्वयंसेवीसहितको टोली काठमाडौंबाट पुगेको थियो। बीएसी नर्सिङ चौथो वर्षमा अध्ययनरत विद्यार्थी अस्मिता तिमल्सिना आँखा शिविरबाट धेरै अनुभव बटुल्न पाएको बताउनुहुन्छ। शिविर समापन कार्यक्रममा स्वयंसेवीलाई खादा लगाएर सम्मान तथा बिदाइ गरिएको थियो।

सन् १९९४ मा व्यक्तिगत भ्रमणको मात्र उद्देश्य लिएर नेपाल आएका माचुदाले ग्रामीण भेगका नेपालीको कमजोर आर्थिक अवस्था तथा धूवाँ र धूलोका कारण आँखाको दृष्टि गुमेको देख्नुभयो। यसैबाट प्रभावित भएर पछिल्ला हरेक वर्ष चस्मा, औषधी लिएर नेपाल आउने र नेपालकै चिकित्सको सहयोगमा नेपालीको आँखा परीक्षण गर्ने प्रतिज्ञा गर्दै बिदा हुनुभएको थियो।

माचुदाको यही प्रतिज्ञाका कारण नेपालमा सन् १९९८ देखि अहिलेसम्म २१औं पटक निःशुल्क आँखा शिविर चलाइसक्नुभयो। यो अवधिमा झन्डै ९ हजार व्यक्तिले आँख परीक्षण गराइसके र आर्थिक अवस्था कमजोर भएर आँखाको उपचार गर्न नसकेका ४ हजार ३ सय २६ जनालाई नेपालका विभिन्न आँखा अस्पतालमा लगी थप उपचारसमेत उनै माचुदाको आर्थिक सहयोगमा गराइसकेका छन्।

साथै ५ हजार ५ सयभन्दा बढीले आवश्यकताअनुसारको चस्मा निःशुल्करूपमा पाएका छन्। आँखा शिविर सञ्चालन गरिएका विद्यालयका बालबालिकालाई अहिलेसम्म झन्डै ४५ हजारको हाराहारीमा पेन्सिल र डटपेनहरू र स्टेसनरी सामान प्रदान गरिसक्नुभएको छ।जापानको मिजानी नो माचुदा कम्पनी लिमिटेडका अध्यक्ष माचुदा आफू मधुमेहको रोगबाट पीडित हुँदा हुँदै पनि हरेक वर्षको आँखा शिविरमा आफैले फिल्डमा सक्रियताका साथ मोनिटरिङ गर्दै आउनुभएको छ।

उहाँको मन दह्रो भए पनि शरीर कमजोर हुँदै गइसकेको छ। त्यसैले होला उहाँ भन्नुहुन्छ– ‘आगामी वर्षका लागि आँखा शिविर चलाउने विषयमा सोच्नैपर्छ, म अहिले नै केही भन्न सक्दिन्नँ।’माचुदाले आँखा शिविर आयोजना गर्नका लागि आउने, जाने, खाने, बस्ने खर्च आफैले जुटाउनुपर्छ। प्राविधिक जनशक्ति, चस्मा, औषधी, प्राविधिक शुल्क, व्यवस्थापनलगायतका सम्पूर्ण खर्च माचुदा एक्लैले बेहोर्दै आएको बताउनुहुन्छ।

उहाँले जापानमा चस्मा पसल सञ्चालन गर्नुभएको छ। पसलका कर्मचारीलाई तलब खुवाउनेदेखि नेपालीलाई निःशुल्क आँखा उपचार गराउनेसम्मको जिम्मेवारी बहन गर्दै आउनुभएको छ। माचुदा जापानी मात्र हैन नेपालीहरूको समेत मन जितेर नेपालीहरूको आँखा उपचार सेवामा अनवरतरूपमा २५ वर्षदेखि जुट्नुभएको छ। आफूले सकुन्जेल आफैले सेवा गर्ने र नसक्ने भएपछि छोरालाई समेत सेवामा प्रेरित गराउने उद्देश्यले दुईपटक आँखा शिविरमा छोरालाई लिएर आइसक्नुभएको छ।

माचुदा जापानको ईवाते अञ्चल मोरिओका शहरबाट आउनुभएको हो। उहाँले नेपाललगायत कम्बोडिया, म्यानमार, अमेरिका, युरोप, थाइल्यान्डको भ्रमण गर्ने क्रममा नेपाल र नेपाली जति मित्रभाव राख्ने व्यक्ति कहीं र कोही नपाएको बताउनुहुन्छ।

यही प्रभावले वर्षेनी नेपाल आएर नेपालीहरूको सेवा गर्दै आउनुभएको छ। ‘नेपालमा सेवा सुविधा र जनचेतना नभएका कारण आँखाको समस्या थाहै नपाई नेपालीहरूले आफूलाई अँध्यारोमा राख्न बाध्य भएको पाएँ।’ –माचुदा भन्नुहुन्छ।

अहिलेसम्म माचुदाको सहयोगमा धादिङ कल्लेरी, काठमाडौंको सेतीदेवी भञ्ज्याङ, काभ्रेको पातलेखेत, पाँचखाल, काठमाडौंकै साँखु, बुङमती, ककनी, काभ्रेको खनालथोक दाप्चा, दोलखाको खाडीचौर, काभ्रेको श्यामपाटी दाप्चा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा आँखा शिविर सञ्चालन गरिसक्नुभएको छ। यो एउटा जापानी नागरिकले नेपाली जनतालाई लगाएको कहिल्यै बिर्सन नसकिने ठूलो गुन हो। नेपाल सरकारले त्यस्ता नागरिकको कदर गर्नुपर्छ तर अहिलेसम्म त्यस्तो केही गरेको पाइन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here