राजेश सानुको गितमा टिका सानुको नाच

0
46

लोकदोहोरी क्षेत्रका चर्चित नाम हुन् टिका सानु र राजेश सानु । पछिल्लो पुस्ताले निकै रुचाएकी टिका सानु दोहोरी क्षेत्र मात्र होइन अभिनयमा पनि उत्तिकै दख्खल छिन भन्ने कुरा हालै बजारमा सार्वजनिक भएको लोकदोहोरी गित पलाशले प्रमाणित गरेको छ ।

निकै चर्चाको शिखरमा पुगेको गित सुतलीको टिमले तयार गरेको गित पलाशमा गायक राजेश खड्का सानुले स्वर दिएका छन् ।

इन्द्रेणि कार्यक्रममा दोहोरी गाएर सबैलाई प्रभावित बनाउन सफल टिका सानुले अभिनय गरेको लोकदोहोरी गीत पलाश भर्खरै सुतली टिभि अफिसीयल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

यसअघि आफ्नै जिवनको यर्थाथ लाई गीत मार्फत चित्रण गरी चर्चा कमाएका सर्जक विजय चन्द “दर्पण” को शब्दमा रहेको पलाशलाई गायक राजेश खड्का “सानु” र गायिका अनुशाा राम्जालिले स्वर दिएका छन् ।

तिलक वलीको लय तथा संगित संयोजन रहेको गीतको भिडियोलाई सुर्य ढकालले निर्देशन गरेका छन् ।टिका सानुसँगै बाबुकृष्ण परियार र सम्पुर्ण लामिछानेले अभिनय गरेको भिडियोको छायांकन सागर गौतमले गरेको गीतका गायक राजेश खड्का सानुले बताए ।

गामबेसि डिजिटल स्टुडियोमा रेकर्ड भएको गितले माया, पिरती र लजालु स्वभावलाई चित्रण गरेको छ । यस गितका सर्जक बिजय चन्द “दर्पण” ले दर्शक कै माया तथा आशिर्वादले गर्दा सुतलीको अपार सफलता पछि पलाश लिएर आएको हुँदा यसलाई पनि दर्शकले रुचाइदिने बिश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here