उपनिर्वाचनमा काँग्रेसलाई जिताउन तरूण दलले भक्तपुरबाट सुरु गर्यो ‘निर्वाचन यात्रा – २०७६’

0
7

उपनिर्वाचनमा काँग्रेसलाई जिताउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भक्तपुरबाट ‘तरूण निर्वाचन यात्रा – २०७६’ सुरु गरेको छ ।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा काँग्रेसलाई जिताउन ‘काँग्रेस जिताऔं अभियान’ संचालन गरिएको तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताउनुभयो ।

महामन्त्री शाहीले भक्तपुरदेखि सुरु भएको अभियान पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरमा गएर टुंगिने जानकारी दिनुभयो ।

अभियानका क्रममा उपनिर्वाचन हुने विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, र्याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया र मतदातासँग अन्तरसंवाद लगायतका कार्यक्रम हुने छन् ।

महासचिब शाहीले कम्युनिस्ट सरकारको भ्रस्टाचार, अधिनायकवाद, लम्पसारवादको भण्डाफोर गर्दै काँग्रेस उम्मेदवारलाई विजयी गराउन अभियान संचालन गरिएको जानकारी दिनुभयो ।

यो अभियानमा सहभागी हुन सम्पुर्ण तरुण एबम् लोकतन्त्रप्रेमीहरुमा सक्रियता पुर्बक सहभागी हुन दलले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here