मंसिर १३ देखि ११ दिने भक्तपुर ब्यापार मेला

0
6

भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म पर्यटन बर्ष २०२० लाई लक्षित गरी भक्तपुर ब्यापार मेला २०७६ हुने भएको छ ।

ममता केन्द्र नेपालले पत्रकार सम्मेलन गर्दै मेला साथै सांस्कृतिक कार्यक्रम एवं खेलकुद सप्ताह हुन लागेको जानकारी दिएको हो ।

हाम्रो अभियान खेलको शान ,संस्कृति र समृद्दि भक्तपुरको पहिचान भन्ने नाराका साथ मेला आयोजना हुन लागेको ममता केन्द्र नेपालका अध्यक्ष एवं मेला संयोजक संगम लामाले जानकारी दिनुभयो ।

भक्तपुरको जगाती चोक देखि च्यामासिंह मार्गमा रहेको महेश्वरी खेल मैदानमा हुने मेलामा हामीलाई दैनिक आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकै स्थानमा नै उपलब्ध हुने उहाँले बताउनुभयो ।

महोत्सवमा १५० भन्दा बढि विभिन्न स्टलहरु रहने र ती स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकीय सामग्रीहरु विषेश छुटमा उपलब्ध हुने आयोजकको भनाई छ ।

मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुटको ब्यवस्था समेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यस्तै मेलामा मनोरञ्जनका खेलहरु पनि समाबेश हुने छन् । खेलमा रोटेपिङ, नाउ , ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगाएतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत सामेल हुने लामाको भनाई छ ।

यस्तै स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम दैनिक रुपमा हुने छ ।
११ दिन सम्म चल्ने मेलामा दैनिक उपभोग्य हरेक सामान पाउने साथै विभिन्न कलाकारहरुको प्रस्तुती साथै नृत्य प्रतियोगिता साथै कराते प्रतियोगित समेत हुने भएकाले मेला अझ रोमाञ्चक हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

जगाती चोक बाट च्यामासिंह तर्फ सय मिटर नजिक रहेको महेश्वरी खेल मैदानमा हुन लागेको उक्त मेलामा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक , दोलखा ,रामेछाप, ललितपुर, काठमाडौं लगायतका जिल्लाबाट अवलोकनकर्ताहरु आउने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here