डा. केसीलाई शिक्षामन्त्रीको आग्रह देश कालापानीमा एकतावद्ध छ, अनशन तोड्नुस्

0
6

काठमाडौं । १७ औं पटक डडेल्धुरामा अनशनरत डा. गोबिन्द केसीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न आग्रह गरेका छन् ।

सिङ्गो देश कालापानीका बिषयमा एक भईरहेका बेला अनसन जारी राख्नु गलत भएको बताए । डा. केसीका सबै माग पूरा भईसकेको भन्दै उनको स्वास्थ्यको बिषयमा सरकार गम्भीर रहेका जानकारी दिएका छन् ।

यसैबीच मन्त्री पोख्रेलले मन्त्रीपरिषद फेरबदल हुने कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन् । मन्त्री पोख्रेल करिब १२ दिनको लागि बिदेश भ्रमणमा जाने कार्यक्रम रहेको बताईएको छ ।

मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ ।

केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् । प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here