नेकपा सचिवालय बैठक सुरु

0
12

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।बैठकले पार्टी एकताका बाँकी कामहरू पूरा गर्न केशी महत्वपूर्ण निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

आइतवार सचिवालय बैठक बस्ने सन्दर्भमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।

पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन । बैठकले पार्टी एकताका कामहरू पूरा गर्ने अपेक्षा गरिएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here