एसिक्समा लरीभित्र मृत फेला परेका ३९ भियतनामीको शव सनाखत

0
14

एजेन्सी । बेलायतको एसिक्स सहरमा एउटा लरीभित्र फेला परेको ३९ सबै भियतनामी नागरिकको शव सनाखत भएको छ ।

घटनाको अनुसन्धान गरिरहेको एसेक्स प्रहरीले भियतनामी प्रहरीसँगको समन्वयमा सबै शव सनाखत गरिएको जनाएको छ । मृतक भियतनामको हाइफोङ्ग, हाइ डोङ्ग, न्घे अन, हा तिन्ह, क्वाङ्ग बिन्ह र हुयेका निवासी रहेको स्रोतले जनाएको छ ।

औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र फेला परेका शव मध्ये ३१ पुरुष र आठ महिलाको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी आयरल्यान्डका रोनन र क्रिस्टोफर ह्युजलाई खोजिरहेको बेलायती स्रोतल जनाएको छ । उक्त हत्या र मानव तस्करीमा उनीहरुको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।

यसअघिनै भियतनाम प्रहरीले मृतक ३९ जनालाई अवैधरुपमा बेलायत पठाउने कार्यमा संलग्न रहेको अभियोगमा ११ जनालाई पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here