प्रहरीले अचानक रेड हान्दा रंगेहात पक्राउ परेकी किशोरीले दिइन् यस्तो अनौंठो बयान

0
258

काठमाडौं । नेपाल, भारतजस्ता विकासन्मुख देशहरुको प्रमुख समस्याको रुपमा बेरोजगारी र गरिबी रहेको छ । यी देशहरुमा मान्छेहरु पैसाका लागि त्यस्ता कामहरु पनि गर्न तयार हुन्छन् जुन सोभनिय हुँदैन । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो संख्यामा देह व्यापारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । छापा मारेर २९ जोडी गिरफ्तार गरिएको भारतीय प्रहरीले दावा गरेको छ ।

पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अनैतिक देहव्यापारमा लागेको आरोपमा मुद्दा चलाएको छ । प्रहरीले देह व्यापारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त भएपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा देह व्यापार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि थप नयाँ तथ्य फेला पर्यो ।

एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो । प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ । विवाह हुन लागेको अनुरोध गरेकी युवती पनि प्रहरी हिरासतमा रहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here