यस्तो हुँदैछ आजदेखि ३ दिनको मौसम

0
76

हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भु–भागमा आंशिक वदली र तराईका भु–भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसोको समयमा देशको पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पश्चिमि पहाडी भु–भागमा आंशिक बदली रहि पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ। त्यसैगरी रातीको समयमा देशको पहाडी भु–भागमा आंशिक बदली रहि एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकि भू–भागमा मौसम सामान्यया सफा रहनेछ ।

नेपाल सरकार ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०६-२४ बिहान ६:०० बजे)


मौसम विश्लेषण
Meteorological Analysis): हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status): हाल देशको पहाडी भुभागमा आंशिक वदलि र तराईका भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

असोज २४ गते (शुक्रबार) दिउँसो: देशको पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंसिक बदलि रहि पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ। राती:  देशको पहाडी भु-भागमा आंसिक बदलि रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकि भू-भागमा मौसम सामान्यया सफा रहनेछ ।

असोज २५ गते (शनिबार) दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यया सफा रहनेछ । राती: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २६ गते आईतबार दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहि बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ । राती: देशको पहाडी भु-भागमा आंसिक बदलि रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here