शिशुलाई मुलायम रूपमा मुसार्दा पीडा घटाउन सहयोग पुग्ने

0
10

काठमाडौं — शिशुलाई मुलायम तरिकाले मुसार्दा उनीहरूको दिमागमा रहेका पीडादायक अनुभव घट्ने एक अध्ययनले देखाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र लिभरपूल मूर्स विश्वविद्यालयले अध्ययनका क्रममा ३२ जना शिशुको रक्त परीक्षण गर्दा दिमागी गतिविधिको निरीक्षण गरेका थितीमध्ये आधीलाई रक्त परीक्षणअघि नरम बुरुशले मुसारिएको थियो र पछि उनीहरूको दिमागमा ४० प्रतिशत कम पीडा पुगेको देखियो ।

अध्ययनकर्ता रेबेका स्लाटरले भनिन्, ‘स्पर्शले कुनै साइड इफेक्टविना औषधिको काम गर्छ । शिशुलाई मसाज गर्दा देखिने स्नायुजैविक परिणामलाई हामीले थप राम्रो गरी बुझ्यौं भने मातापितालाई कसरी सन्तानलाई आराम दिन सकिन्छ भनी सल्लाह दिन समर्थ भइन्छ ।’

मुलायम तरिकाले शिशुलाई मुसार्दा छालामा रहेका न्युरोनमा सी ट्याक्टाइल एफरेन्टलाई सक्रिय बनाउँछ । वयस्कहरूलाई पनि यो मुसाराइले पीडा कम गर्ने गरेको अघिल्ला अध्ययनले देखाएका छन् ।

‘सी–ट्याक्टाइल अफेरेन्टहरूलाई शिशुमा सक्रिय गर्न सकिने प्रमाण फेला परेको थियो अनि बिस्तारै नरम तरिकाले स्पर्श गर्दा शिशुको दिमागी गतिविधिमा परिवर्तन आउन सक्ने पनि देखियो,’ प्राध्यापक स्लाटरले भनिन् ।

करेन्ट बायोलोजी जर्नलमा प्रकाशित उक्त अध्ययनले शिशुको मसाज तथा कंगारू स्याहार लगायतका स्पर्शमा आधारित अभ्यासको महत्त्व उजागर गरेको बताइन् । समयअगावै जन्मेका शिशुलाई छालामा टाँसेर राख्दा मातापिता र
शिशुको सम्बन्धलाई उत्प्रेरित गर्ने र पीडा पनि घटाउने काम गर्छ ।

‘पहिलेका कामले स्पर्शबाट प्यारेन्टल बोन्डिङमा वृद्धि गर्ने, मातापिता र शिशु दुवैका लागि तनाव घटाउने अनि अस्पतालको वास घटाउने देखाइसकेको छ,’ स्लाटरको भनाइ छ ।

अध्ययनकर्ताहरूले यही परीक्षण समयअगावै जन्मेका शिशुमा दोहो–याउने योजना बनाएका छन् । त्यस्ता शिशुको सेन्सोरी पाथवेहरू विकसित हुनै बाँकी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here