दशैंका बेला नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले गर्न थाले लाभांश घोषणा

0
13

काठमाडौं । दशैं सुरुभएसँगै नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएका कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश घोषणा गरेका छन् । पूँजी बजारमा कम्पनीहरुको शेयर मूल्य घटिरहेका बेला कम्पनीहरुले लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था लगायत विभिन्न कम्पनीहरुले दशैंका बेला लाभांश घोषणा गरिरहेका छन् । विशम सिमेन्ट, ग्लोबल आइएमई बैंक, युनिलिभर, एनआइसी एसिया लगायतका कम्पनीहरुले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । कम्पनीहरुले गत वर्षको नाफाबाट आकर्षका लाभांश वितरण गर्ने निर्णय गरेका छन् । अहिले सम्म सबैभन्दा बढी लाभांश ७७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कुन कम्पनीको कति लाभांश

नेप्सेमा सुचिकृत २ सय भन्दा बढी कम्पनीहरुले आगामी पुष मासन्त सम्ममा वार्षिक साधारण सभा गरिसक्नुपर्ने हुन्छ । त्यसबेला कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश पनि वितरण गर्दछन् । तर केही कम्पनीले लगानीकर्तालाई प्रतिफल दिन दशैंका बेला नै लाभांश घोषणा गरेका छन् । अधिकांश कम्पनीहरुको नाफा उच्च रहेकाले कम्पनीहरुको लाभांश दर पनि उच्च नै देखिएको छ । लाभांश घोषणा गर्ने कम्पनीहरुमा अधिकांश वाणिज्य बैंकहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here